यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा छ ।

त्यस्तै, सिंगापुर डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ९९ पैसा छ । जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा छ भने  चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ ।  कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिरहम एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर  ३४ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा छ भने कोरियन वन १०० को खदिदरमा ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ११ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ २६ पैसा र बिक्री दर ४१४ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३३७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ९:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया