चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । 

अमेरिकी वरियाताक्रममा राष्ट्रपतिपछिकी पेलोसीको भ्रमणपछि वासिङ्टनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृखंला समाप्त पारिदिएको छ ।  विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा गरिएका सहयोग सम्झौता अन्त्य गरिदिएको हो ।

ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरू पनि तैनाथ गरेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन् । 
 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ९:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया