पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
फरकधार / २३ साउन, २०७९

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले सो निर्णय गरेको हो । 



विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ । 

त्यस्तै, विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ । ६ सय रुखमध्ये ४ सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ ।  



विमानस्थलको रनवेबाट पूर्वपट्टी करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ ।  



  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ९:४४:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया