यी हुन् मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट ८ पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार - २०७८’ का लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट ८ पुस्तक सार्वजनिक गरेको हो ।

उत्कृष्ट ८ मा डा‌. नवराज लम्सालको अग्नि,  डा‌. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक परेका छन् । त्यस्तै डा‌. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश,  सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट ८ भित्र परेका हुन् ।  

छनोटमा परेका यी पुस्तकहरू मध्येबाट एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार प्रदान गरिने छ । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ११:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया