युनाइटेडले रोनाल्डोलाई अन्यत्र जान दिनुपर्छ : वायन रुनी

इंग्ल्याण्डको राष्ट्रिय टोली तथा म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले आफ्नो पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोलाई क्लबले अन्यत्र जाने दिनुपर्ने बताएका छन् । 

गत सिजन इटालियन क्लब युभेन्टसबाट युनाइटेड फर्किएका ३७ वर्षीय रोनाल्डोले प्रि–सिजनको प्रशिक्षण गुमाएका थिए । युरोपका शीर्ष क्लबसँग छलफल गरेपनि कुनैपनि क्लबले उनलाई लिन मानेन । 

युनाइटेड गत सिजन प्रिमियर लिगको शीर्ष ४ मा नपरेपछि यस सिजन च्याम्पियन्स लिग खेल्नबाट बञ्चित भएको छ । त्यसकारण रोनाल्डो च्याम्पियन्स लिग निरन्तर खेल्नकै लागि पनि अन्यत्र जान चाहिरहेका छन् ।

रुनीले रोनाल्डो युनाइटेडका लागि सही खेलाडी भएपनि दीर्घकालिन योजना बनाउने हो भने उनलाई जान दिनुपर्ने बताए । ‘मलाई लाग्छ युनाइटेडले रोनाल्डोलाई जान दिनुपर्छ, उनले टेन हागको टोलीमा खेल्न सक्दैनन् भन्ने भने होइन । रोनाल्डो  जुनसुकै टोलीमा खेल्न सक्छन्,’ रुनीले भने ।

‘रोनाल्डोले गोल पनि गर्छन् । तर, मेरो व्यक्तिगत बुझाइ मान्नुहुन्छ भने उनी भएपनि युनाइटेड उपाधिको दावेदार बन्न सक्दैन । बरु उनीविना टोली निर्माण गरेर केही समयमा उपाधि होडमा आउने टोली बन्न सक्छ ।’

युनाइटेडका सर्वाधिक गोलकर्ता रुनीले टेन हागले आफ्नो खेल्ने शैली स्थापित गरेको हेर्ने चाहना गरेका छन् । ‘मैले टेन हागको योजना कस्तो छ बुझ्न सकिरहेको छैन । टेन हागले खेलाडीमा आफ्नो शैली अनुसारको पहिचान खोजिरहेका छन् । आशा गरौं उनले आफ्नो शैली अनुसार खेल चाडै प्रस्तुत गर्नेछन्,’ रुनीले भने ।



रुनी र रोनाल्डोले सन् २००४देखि २००९ सम्म युनाइटेडका लागि सँगै खेलेका थिए ।



  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ११:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया