कोरोना पुष्टि भएर पनि अस्ट्रेलियन क्रिकेटर ताहिला मैदानमा उत्रिइन्

कोरोना संक्रमण पुष्टि भएपछि पनि खेलका लागि मैदानमा उत्रिएपछि अहिले अस्ट्रेलियन महिला  क्रिकेटर ताहिला म्याग्राको विषयमा विभिन्न प्रश्न उठेका छन्। ताहिलाले कोरोना संक्रमण पुष्टि भएर पनि कमनवेल्थ गेम्स अन्तर्गत महिला क्रिकेटको फाइनलमा भारतविरुद्ध खेलेकी थिइन् ।  

ताहिलाले कोरोना संक्रमण भएर पनि फाइनल खेलमा सहभागिता जनाएपछि अन्य खेलाडीहरूले स्वास्थ्यमा खेलबाड गरेको बताएका छन्। कोरोनाको लक्षण देखिएपछि ताहिलाले कमनवेल्थ गेम्सका अस्ट्रेलियन खेल प्रबन्धकलाई यसको बारेमा जानकारी गराएकी थिइन् । त्यसपछि फाइनलमा सहभागिता गर्नुअघि खेल विशेषज्ञ र म्याच अधिकारीले यो सम्बन्धमा कुराकानी गरेका थिए ।

ताहिलाले फाइनल अघि कोरोना प्रशिक्षण गराएकी थिइन् जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको संकेत देखिए पनि अस्ट्रेलियाले ताहिलालाई प्लेइङ ११ मा राखेको । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि उनलाई फाइनल खेल्न स्वीकृति दिएको थियो ।

आफूलाई कोरोना पोजिटिभ देखिएपछि ताहिला राष्ट्रिय गीतको दौरान भने आफ्नो टोलीका साथीहरूसँग मैदानमा थिइनन् । उनी फेस मास्क लगाएर स्टेन्डमा एक्लै बसेकी थिइन् । तर अस्ट्रेलियाको तर्फबाट चार नम्बरमा ब्याटिङ गर्न उत्रिएकी ताहिलाले खेलका दौरान भने मास्क प्रयोग गरेकी थिइनन् । उनले उक्त खेलमा चार बलको सामना गर्दै मात्र दुई रन बनाउन सकिन् । 

ताहिला कोरोना संक्रमण पुष्टि भएर पनि मैदान उत्रिने पहिलो खेलाडी बनेकी छन् । टी–२० शैलीमा खेलाइएको महिला क्रिकेटलाई पहिलो पटक कमनवेल्थ गेम्समा सहभागी गराइएको हो । फाइनलमा भारतलाई ९ रनले हराउँदै अस्ट्रेलियाले स्वर्णपदक हात पारेको थियो ।





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १३:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया