प्रशिक्षक ग्वार्डिओलाले भने - हालान्डमा गोलको भोक मेस्सीको जस्तै छ

इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले एर्लिङ हालान्डमा गोलको भोक स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार लियोनल मेस्सीको जस्तै भएको बताएका छन् ।

यसै सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्ध भएका हालान्डले प्रिमियर लिगको आफ्नो पहिलो खेलमा क्लबले वेस्ट ह्यामविरुद्ध २–० को जित निकाल्दा दुवै गोल हालान्डले गरेका थिए ।
हालान्डको प्रदर्शनबाट खुसी देखिएका ग्वार्डिओलाले उनको गोलप्रतिको भोकले आफूलाई मेस्सीसँगको सहकार्य स्मरण गराएको बताए ।

‘प्रशिक्षकका रुपमा मेस्सीसँग काम गर्न पाउनु भाग्यको कुरा थियो । उनले दुई गोल गर्दा, तीन गोल गर्न चाहन्थे, तीन गोल गर्दा, चार गोलका लागि मौका खोज्थे,’ग्वार्डिओलाले भने,‘उत्कृष्ट गोलकर्ता कहिल्यै गोल गर्नबाट सन्तुष्ट हुँदैनन् । उनीहरु सँधै गोलको भोका हुन्छन् र थप गोल गर्न चाहन्छन् ।’

पहिलो खेलमा दुई गोल गरे पनि हालान्डले भने आफू सन्तुष्ट नरहेको प्रतिकृया दिए । सन् २०२० मा बोरुसिया डर्टमन्डबाट‘डेब्यु’खेलमै ह्याट्रिक गरेका उनले सिटीमा पनि सोही कुरा दोहोर्याउन चाहे पनि सफल नभएको बताए । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १३:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया