बडीमालिका दर्शन गर्न सरकारी टोली प्रस्थान

बाजुराको धार्मिक आस्थाको धरोहर बडीमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडीमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोली सोमबार प्रस्थान गरेको हो । 

बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छ । चार दिन सम्म निरन्तर पैदल हिँडेपछी चतुरदर्शीका दिन बडीमालिका मन्दिरमा विशेष पूजाआजा सहितको मेला लाग्ने गर्दछ । बाजुरा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा दर्शन गर्न तीर्थालुको लावा लस्कर लागेको छ । 

बाजुराका धार्मिक धरोहरका रूपमा रहेका बडीमालिका र बुढिनन्दा धार्मिक पिठमा साउन पूर्णिमाको अघिल्लो दिन चर्तुदशीको दिन पूजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रद्धालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखि नै जान सुरु भएका भए पनि बडीमालिका जाने सरकारी टोली सोमबार प्रस्थान गरेका छन् । बडीमालिकामा सरकारी टोलि जाने भएको हुँदा नगरपालिकाले समेत आज सार्वजनिक बिदा दिएको थियो ।

यस वर्ष साउन २६ गते बडिमालिका र बुढिनन्दामा पूजा लाग्ने भएको छ । पूजा गर्नुका साथै त्यहाँ घुम्न जाने यात्रुहरूका साथै तीर्थालु भक्तजनहरू केही दिन पहिले देखि नै प्रस्थान गरिसकेको बडिमालिका पूजा ब्यस्थापन समितिले जनाएको छ । अघिल्लो २ वर्षहरूमा कोरोना महामारीका कारण धेरैले पूजा भर्न पाएका थिएन ।  पूजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनीय रूपमा बडिमालीमा पुग्ने गर्दछन् । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १६:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया