लगानी बोर्डले एनएसपिसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने

लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएसपिसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत् परियोजनाको विकासको सन्दर्भमा एनएचपिसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो । 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत् परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए । 

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि उनले जानकारी दिए । 

बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर डिपिआरलगायत विभिन्न काम गर्ने निर्णय गरेको छ । 

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेसन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्व्ीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्नेबारे पनि छलफल भएको बताए । 
 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार २०:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया