एक वर्षभित्रमा एमालेको सरकार बनाएर देखाउनेछु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग छिमेकी मुलुक भारतसँग दोहोरो संवाद गर्न सक्षम नरहेको आरोप लगाएका छन् । सोमबार रौतहटको गौरमा आयोजित आमसभालाई सम्बोधन गदै यनले यो सरकारले भारतसँग संवाद गरेर सीमा क्षेत्रको बाँध हटाउन नसक्ने बताएका हुन् । 

यसअघि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दा उनले समाधान गर्ने आवश्वास दिएको तर अहिलेको सरकारले त्यसलाई निरन्तरता नदिँदा नेपाली क्षेत्र डुबानमै परेर समस्या झेल्नुपरेको दाबी गरे । 

आउँदो एक वर्षभित्रमा एमालेको सरकार बनाएर देखाउने दाबी गर्दै उनले आफूलाई कम्युनिस्ट भनाउँदाहरुको साँठगाठमा भ्रष्टाचारले प्रश्रय पाएको आरोप लगाए । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार २१:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया