गोविन्द केसी इलाममा, २० दिनसम्म निःशुल्क हाडजोर्नी सेवा दिने

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी जनतालाई सेवा दिनका लागि इलाम पुगेका छन् । सोमबारबाट उनले इलाम अस्पतालमार्फत हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । 

सहरका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ । उनले २० दिनसम्म इलामबाट सेवा दिने भएका छन् । 

केसीले उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको संख्या बढेको बताइएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् । 

उनले आउने भदौ १० गतेसम्म दैनिक ५० जनासम्म बिरामी हेर्नेछन् । बिरामीको चाप बढेका कारण सो संख्या अझै बढ्ने सम्भावना छ । उनले इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार २१:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया