नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई आग्रह गरेका छन् । शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको भन्दै उनले दुई पार्टीलाई सहकार्यको प्रस्ताव गरेका हुन् ।
इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले समाजवादी र माओवादीले शेरबहादुर देउवाको पछि लाग्ने बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित रहेको दाबी गरे ।
उनले एक्लाएक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुने देखेर अन्य दलले गठबन्धन बनाइरहेको आरोप लगाए । गठबन्धनको नाममा सबै शक्तिहरु एमालेविरुद्ध एक हुन खोज्नु एमाले पार्टी बलियो रहेको प्रमाण भएको बताए।
एमालेलाई कमजोर बनाउन दल मात्रै नभएर दृश्य–अदृश्य शक्तिसमेत लागेको उनको दाबी छ । यसका बाबजुद पनि आउँदो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई हराउँदै एमाले देशको पहिलो शक्ति हुने उनको जिकिर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।