आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् ।
३३ वर्षीय यी खेलाडीको सहयोगमा सिरी ‘ए’ क्लब इन्टरले सन् २०२२/२१ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मिहिनेत गर्नुपर्यो ।
इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् । ‘यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भविष्यको लागि कामना गर्दछौँ,’ इन्टरले भनेको छ ।
इन्टरले सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा शनिबार लिससँग खेल्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।