एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर : प्रदीप ज्ञवाली

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । 

आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् ।

दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए । 

सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । 

सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले उक्त आलोचना गरेका हुन् ।   





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १३:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया