कमनवेल्थ गेम्समा सहभागी श्रीलंकन टोलीका १० सदस्य फर्किएनन् स्वदेश

बर्मिङ्घम कमनवेल्थ गेम्स सन् २०२२ मा सहभागिता जनाउन गएको श्रीलंकन टोलीका १० सदस्य इंल्याण्डमै पलायन भएका छन् ।

पलायन भएकामा ९ जना खेलाडी र एक व्यवस्थापक भएको पुस्टि भएको हो । देश बढ्दो आर्थिक संकटका कारण उनीहरू स्वदेश नफर्केर पलायन भएका हुन् ।

आफ्ना सदस्य पलायन भएपछि खोजीका लागि स्थानिय पुलिसलाई रिपोर्ट गरिए पनि अहिलेसम्म उनीहरूको बारेमा कुनै सूचना प्राप्त भएको छैन । यतिबेला श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तोमा खेलाडीहरूले विदेश पलायनको बाटो रोजेका हुनसक्ने अनुमान गरिएको छ ।

कमनवेल्थ गेम्समा श्रीलंकाको तर्फबाट ११० जना खेलाडी र ५१ जना पदाधिकारीहरूले सहभागिता जनाएका थिए । श्रीलंकामा बढ्दो आर्थिक संकटमा परेपछि कमनवेल्थ गेम्समा श्रीलंका खेलाडीलाई सहभागिता गराउन खुद कमनवेल्थ गेम्स महासंघ र इंग्ल्याण्डको क्रिकेट बोर्डले विशेष रूपमा आर्थिक सहयोग गरेपछि मात्रै श्रीलंका खेलाडी बर्मिङ्घम पुगेका थिए ।

यतिबेला पलायन भएका १० जना खेलाडीको बेलायत पुलिसले खोजी गरिरहेको छ । जसको लागि उनीहरुको पासपोर्ट मागिएको छ। अहिले बेलायती पुलिस उनीहरू सुरक्षित रहे नरहेको बारेमा अनुसन्धान गरिहेको छ ।

यसभन्दा अघि पनि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएका केहि श्रीलंकन खेलाडी पलायन भएका थिए ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १३:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया