नर्भिकले जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न समिति बनाउने सहमति
सार्वजनिक जग्गा, फुटपाथ मिच्ने विषय एउटै हो, कानुन सबैलाई बराबर लाग्छ : बालेन शाह

नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशनअनुसार अगाडि बढ्ने सहमति गरेका हुन् । उनले प्राविधिहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनु भयो ।

मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताए । उनले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए ।

मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए । उनले अस्पताललाई मन्त्रिपरिषद्ले निणर्य गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताए ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्णरूपमा पालना गरेको बताए । उनले अझै अस्पतालसँग सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको बताए । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने कुरा भएको बताए ।



नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।



  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १५:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया