टिमो वार्नेर फेरि जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्ध

जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ । ​इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् ।

२५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन् । उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । ‘म निकै खुसी छु, फेरि आरबी लाइपजिगसँग खेल्छु,’ २६ वर्षीय वार्नेरले भनेका छन् ।  

उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । यस्तै, सन् २०२१ मा च्याम्पियन्स लिग जितेको थियो । वार्नेरलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिड ले इच्छा व्यक्त गरेका थिए । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ७:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया