प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् । ‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ ।
देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ ।
खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयकसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।