जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको मृत्यु भएको छ । प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
४५ वर्षीय ठाकुर २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाका ८/९ जना कर्मचारीहरूसमेत भाइरल ज्वरो आएका कारण होम आइसोलेसनमा रहेको प्रजिअ पौडेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।