डच मिडफिल्डर जर्जिनियो विज्नाल्डमले इंग्लिस क्लब लिभरपुलका पूर्वसहकर्मी मोहम्मद सलाहको सुझावमा इटालियन सिरी ‘ए’ को क्लब एएस रोमा जाने निर्णय लिएको प्रतिक्रिया दिएका छन् ।
गत सिजन लिभरपुलबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका विज्नाल्डम नयाँ सिजनका गत सात लागि लोनमा रोमा पुगेका हुन् ।
विज्नाल्डमले पाँच वर्षको एनफिल्ड बसाईमा एक च्याम्पियन्स लिग र एक इंग्लिस प्रिमियर लिगको उपाधि जितेका थिए । उनका लागि २०२१/२२ सिजन भने सुखद रहेन । विज्नाल्डमले पिएसजीबाट गत सिजन ३१ लिग वान खेलमा मात्र एक गोल गर्न सकेका थिए ।
‘मलाई रोमाले अनुबन्ध गर्ने इच्छा देखाएपछि मैले पूर्वसहकर्मी मोहम्मद सलाहसँग सुझाव लिएको थिएँ’, उनले भने, ‘सलाहले सकारात्मक प्रतिक्रिया दिए । त्यस्तै, केभिन स्ट्रोटम्यानले पनि रोमा जान सल्लाह दिएका थिए ।’
रोमाले नयाँ सिजनका लागि यसअघि नै निमान्जा माटिच र पाउलो डिबालालाई अनुबन्ध गरिसकेको छ । सलाह सन् २०१७ मा रोमाबाटै एनफिल्ड भित्रिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।