प्रतिनिधिसभामा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस
फाइल तस्वीर

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाको सन्देशसहित दफावार छलफल गर्न प्रस्ताव पेस भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाणलाई विधेयक पेस गर्न अनुमति दिएका थिए । 

गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि त्यसलाई सभामुख सापकोटाले छलफलका लागि निर्णयार्थ पेस गरेका थिए । 

विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन हालेका थिए । उनले संशोधन प्रस्ताव हाल्नुको कारणबारे आफ्ना धारणा राखेका छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १४:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया