जापानको भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन् ।

गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली बुधबार दिउँसो काठमाडौं आइपुगेको हो । प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान गएका थिए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको बताए । उनले आफ्नो जापान भ्रमणले त्यहाँ रहेका नेपालीहरू खुसी भएको पनि सुनाए ।

जापानको संसद् भवनको भ्रमण गरेको र लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

प्रचण्डले त्यहाँको सत्तारूढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए ।

जापानी अधिकारीसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ । 



प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागी हुनका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवर्द्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा मा‌ओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेता कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १७:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया