सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमको शानदार जित

नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ सम्मिलित गोकुलम केरोला एफसीले केरेला महिला लिगमा शानदार सुरुवात गरेको छ ।

सावित्राको उच्च प्रदर्शनबाट प्रेरित गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदै शानदार सुरुवात गरेको हो । टोलीलाई जित दिलाउन सावित्रा एक्लैले पाँच गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेकी थिइन् । 

त्यस्तै, टोलीका लागि सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, भिभियन एड्जिल र हर्मिलानले समान १ गोल गरे । सावित्रा ‘प्लेयर अफ दि म्याच’ चुनिइन् ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ३५ औं मिनेटमा व्यक्तिगत चौथो तथा ५६ औं मिनेटमा पाँचौ गोल गरिन् । सन्धियाले ५३ र ७६ तथा कश्मिनाले छैटौं, रेश्माले ३८, भिभियन​ले ७३ र हर्मिलानले ९० औं मिनेटमा गोल गरे ।

यो जितसँगै लिगको साविक विजेता गोकुलमले तीन अंक जोड्दा केरेलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया