हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको नयाँ दुइटा कार्ड सेवा

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुइटा नयाँ एक्सप्रेस प्रिपेड कार्ड सेवा सुरु गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा ग्राहकका लागि अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुइटा नयाँ कार्डहरू सञ्चालनमा ल्याएको बताएको हो ।

सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुइटा नयाँ कार्डहरू सञ्चालनमा ल्याएको बताए ।

उनले दुइटा कार्डहरूले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताए ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमान खरिद गर्ने खरिदकर्तालाई सहज हुने भएको छ ।

त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्डको सुरुवातले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीका लक्षित गरी जारी गरिने बैंकले जनाएको छ ।



बैंकले शुरुवात गरेको कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुट पाउने आफ्नो खर्च व्यवस्थापन सहज बनाउनसक्ने भएका छन् ।

दुवै कार्डहरूले प्रयोगकर्तालाई समग्रमा यात्रा तथा विभिन्न सामान खरिदमा उच्चतम लाभको अनुभूति गराउने छ । बैंकको दुबै कार्डका प्रयोगकर्ताले आकर्षक क्यासब्याक र भ्रमण र खरिदका लागि लाभ लिन सक्ने छन् ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २०:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया