कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा उत्तर कोरियाको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय हासिल गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे । महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । 

ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो । उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका विरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो ।

जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन् ।
 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ६:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया