लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्त्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै देउवाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालनका लागि बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बुधबार गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साल साउन ३२ गते आव २०७८/०७९ का लागि ४२ वटा क्रियाकलापमा समय सारिणी सहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।

प्रधानमन्त्री देउवासमक्ष प्रतिवेदन पेस गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले लगानी आकर्षण, परियोजनाको सम्पूर्ण चक्रमा सहजीकरणका साथै लगानी बोर्डको कार्यालयलाई ‘पीपीपी सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्न प्रतिबद्ध रहेको जानकारी गराए । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ७:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया