बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
फाइल तस्बिर

बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनले गठन गरेको उक्त कार्यदलको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्न लागेको हो । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गत शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। 

उक्त कार्यदलले सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने भनेर सहमति गर्ने छन् । कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउने बताइएको छ ।   





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ८:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया