बुटवलमा लामखुट्टे मार्न कर्मचारी खटाइयो

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सुरु भएको छ ।  बिरामी बढेपछि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकालाई लामखुट्टे मार्न खटाइएको छ ।  

बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले दिउँसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिए । 

लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला दिनमा दैनिक १५/१६ जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा। नेत्र रानाले बताए । ‘अस्पतालमा आएका बिरामीमध्ये डेंगुको शंका लागेर परीक्षण गराउने ४० देखि ४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको छ,’ डा. रानाले भने । 

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम उपमहानगरपालिकाले गरिरहेको उनले बताए । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ८:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया