दोलखाको बिगुमा पहिरो जाँदा पाँच घर पुरिए

दोलखाको बिगु गाउँपालिका–४ मा वर्षापछि आएको पहिरोले केही घर पुरिएका छन् । बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका चार/पाँच वटा घर पुरिएका गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिइन् ।

उनका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ । स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरू उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिइन् ।

‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ । पुरिएको घरहरूबाट सामान झिक्दै छौं, एउटा बस्ती नै जोखिममा परेको छ। अहिले पनि पहिरो झरेको झर्‍यै छ,’ उनले भनिन् ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ९:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया