सिन्धु बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला
फरकधार / २६ साउन, २०७९

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । 



बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

उक्त समयमा पनि हाल कायम संस्थापक सेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने सो बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:१३:४६,   अन्तिम अपडेट : साउन २६, २०७९ बिहीबार ११:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया