स्मृति गौतमको ‘अल्लारे माया-२’ सार्वजनिक

काँठे लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गीति एल्बम ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ। वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएको हो । 

यसअघि गायिका गौतम र गायक प्रताप दासको स्वरमा ‘अल्लारे माया’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२ बजारमा ल्याएको कार्यक्रममा गौतमले बताइन् । 

गौतमको जन्मदिनको अवसर पारेर गीत विमोचन कार्यक्रम आयोजना गरिएको थियो । विमोचन कार्यक्रममा राणाले मौलिक र मोर्डन दुवैको समिश्रणबाट बनेकोले रचना मन परेको बताउँदै सफलताको शुभकामना दिएकी थिइन् । 

गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालु, लगायतका गीतहरू बजारमा उपलब्ध छन्। 

गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी गायिका हुन् । ‘पानबुट्टे चोली’ नामक गीतबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया