तस्बिरमा हेराैँ पहिलो ‘हेटौंडा गौरव’ को यात्रा

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले बिहीबार ‘पहिलो हेटौंडा गौरवको यात्रा’ गरेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको संस्था फ्रेन्ड्स हेटौंडाको आयोजनामा गौरवको यात्रा गरिएको हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई हेर्ने नजर, उनीहरूले आफ्नो पहिचान लुकाउन गर्नु परेको संघर्ष र समाजमा आफ्नो अधिकारका निम्ति गौरवको यात्रा गरिएको फ्रेन्ड्स हेटौंडाकी संयोजक किरण थापाले जानकारी दिइन् ।

‘हाम्रो पहिचानमा प्रयोग गरिने एक दुई रुष्ट शब्द कहिले हट्ला भन्ने सँधै चिन्ता लागिरहन्छ । यो यात्राले समाजमा हामीलाई हेर्ने नजर र गर्ने व्यवहार परिवर्तन गर्न यो हाम्रो प्रयास हो,’ उनले भनिन् । हेटौंडाको बुद्ध चोकबाट सुरु भएको र्याली हेटौंडा १० बसपार्क हुँदै बुद्ध चोकमा नै आएर कोण सभामा परिणत भएको थियो । 

तस्बिरमा हेरौं पहिलो हेटौंडा गौरवको यात्रा :





 

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १२:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया