नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान हात्तीवनमा भेटवार्ता भएको हो । भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि थिए ।
‘पार्टी दर्तापछि उहाँले शीर्ष नेताहरूलाई भेट गर्ने कार्यक्रम छ । त्यहीअनुसार अस्ति प्रधानमन्त्रीलाई भेट्नुभएको थियो । आज प्रचण्डजीलाई भेट्नुभएको हो,’ समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भने ।
उनका अनुसार भेटवार्ताको क्रममा चुनावी तालमेल र गठबन्धनबारे छलफल भएको थियो । जसपाबाट विभाजित भएर नयाँ दल दर्ता गरेपछि बाबुरामले आफ्नै पार्टी दर्ता गरेका छन् ।
उनले सत्ता गठबन्धनको स्वभाविक हकदार भएकाले आफ्नो पार्टीलाई पनि गठबन्धनमै सामेल गराउनुपर्ने बताउँदै आइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।