सहकार्य गर्न चाहनेहरूलाई एमालेमा ढोका खुला छ : खगराज अधिकारी
फाइल तस्वीर

नेकपा (एमाले) का नेता खगराज अधिकारीले सहकार्य गर्न चाहनेहरूलाई ढोका खुला रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले एकल प्रतिष्पर्धामा जान चाहेको बताउँदै मिलेर जाने कुरामा पनि तयार रहेको बताएका हुन् । 

नेता अधिकारीले राष्ट्रियता, सार्वभौमिकता तथा स्वाधीनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगायतका विषयमा सहमत हुने सँग मात्रै सहकार्य हुने जिकिर गरे । 

'राष्ट्रिय सार्वभौमिकता, स्वाधीनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगायतमा सहमत हुनेहरूलाई हाम्रा ढोका खुल्ला छन् । मूलतः हाम्रो खुट्टामा उभिएर एकल प्रतिस्पर्धामै जान चाहान्छौँ । तर, सबैसँग मिलेर जाने कुरामा हामी खुल्ला नै छौं' उनले भने ।

उनले नीति, सिद्धान्त र गन्तव्यहीन गठबन्धनसँग निर्वाचनमा जानुपरेको टिप्पणी गरेका छन् । उनले परराष्ट्र नीतिमा गम्भीर चुनौतीहरु खडा भएको बताउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने लक्ष्य रहेको धारणा राखे । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १५:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया