हृदयाघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा अझै सुधार आएन
फाइल तस्वीर

हृदयघातका कारण अस्पतालमा भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनेको छ । बुधबार जिम गरिरहँदा हृदयाघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

राजुका साथी डा. अनील मुरारकाका अनुसार राजुलाई अहिले भेन्टिलेटरमा राखिएको छ । ‘उसको स्वास्थ्यमा सुधार देखिएको छैन । उसको दिमागले काम गरिरहेको छैन । त्यहीकारण उसलाई भेन्टिलेटरमा राखिएको छ ’, उनले भनेका छन् ।

उपचारमा संलग्न चिकित्सकले राजुको मुटुमा दुई स्टेण्ड राखेका छन् । तर, अहिलेसम्म उपचारलाई सकारात्मक प्रतिक्रिया दिन सकेका छैनन् ।  राजुको स्वास्थ्य बेलुकासम्ममा केही सुधार हुनेमा परिवार र चिकित्सक आशावादी छन् ।

बुधबार जिम गरिरहँदा उनको छाती दुखाई तीव्र भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

राजुले स्टेण्ड अप कमेडीसँगै कैयौं फिल्ममा काम गरेका छन् । उनी हालैमात्र टेलिभिजनमा ‘इण्डिया लाफ्टर च्याम्पियन’मा देखिएका थिए । राजुले ‘मैने प्‍यार किया’, ‘तेजाब’ र ‘बाजीगर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १७:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया