कला र साहित्यको अवमूल्यन गरेमा नेपालको पहिचान नै समाप्त हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्न नहुने बताएका छन् । 

बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए । 

साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्न नहुने उनले बताए । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गरे । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १८:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया