जनताको काम गर्दा हत्कडी लगाउनसमेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरुले जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । 

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आव २०७८÷७९ को वार्षिक प्रस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर, हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हत्कडी लाउन समेत तयार हुनुपर्छ ।’

जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि हामी दशकौँ पुरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डिपिआर सक्न महिनौँ लगाउने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्ने, म्याद थप्ने, खर्च बढाउनेजस्ता काममा लागेकाले यसरी मुलुक नबन्ने बताए ।

‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौँ । कम्तीमा २० दिनमा काम सुरु गरौँ । ठेकेदारले आयोजनालाई दुहुनो गाई बनाउने काम तत्काल रोकौँ,’ सहरी विकासमन्त्री चौधरीले थपे ।

पहिला सहर बसाउने अनि बल्ल डिपिआर गर्ने प्रचलन रहेको बताउँदै उनले अब नयाँ ठाउँमा नयाँ सहर बनाउने र डिपिआर पूरा गरेपछि मात्र व्यवस्थित संरचना बनाउन सुरु गर्नुपर्ने धारणासमेत राखे ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १९:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया