सरकारसँग गोल्छाको आग्रह : हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइयोस्
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले हस्ताक्षरसँगै निजीक्षेत्र अब सरकारसँग जोडिएकोले अब निजी क्षेत्र र सरकार मिले रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । 

अध्यक्ष गोल्छाले उद्योगीले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह गरे । उनले रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजश्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गरे । उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्न पनि सरकारसँग आग्रह गरे । 

उनले भने, ‘हामी लगानी गर्छौं प्रक्रिया सहज बनाइदिनुहोस्, हामी उत्पादन गर्छौं अवरोध नगरिदिनुहोस्, हामी रोजगारी दिन्छौँ सहजीकरण गरिदिनुहोस्, हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस्, हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस्, हामी राजश्व बुझाउँछौं अपमान नगरिदिनुहोस् । मिलेर लगानीको प्रक्रिया सहज बनाऔँ । मिलेर रोजगारी सिर्जना गरौँ । पर्यटकको स्वागत गरौँ, राजश्व बुझाउने झमेलाको अन्त्य गरौँ । निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गरौँ ।’

उनले समस्याको समाधानका लागि स्थायी संयन्त्र बन्ने बताए । उनले पुँजीको लागत बढिरहेकाले उद्योगको बाटो सहज नभएको बताए । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १९:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया