स्वदेशी रबर प्रयोग गरी ग्रीन टायर्सले ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला र साना टायर उत्पादन गर्न लागेको हो । सो मोडलअन्तर्गत कम्पनीले विभिन्न साइजका टायर उत्पादन गरि बजारमा ल्याउन लागेको जनाइएको छ । 

कम्पनीका अनुसार सो कम्पनीद्वारा उत्पादित टायरमा बढी ट्रेक्सन र ग्रीप रहेको छ भने बढी एनएसडी पनि रहेको छ । सो उत्पादनमा पन्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरसँग प्रतिष्पर्धा गर्न सक्षम नेपाली टायर उत्पादन गरि यस कम्पनी उदाहरणीय बनेको छ । यस कम्पनीले नेपालमै उत्पादित स्वदेशी रबर पनि प्रयोगमा ल्याउन थालेको छ । 

गुणस्तरलाई ध्यानमा राखी नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्न सकिने तालिमसमेत कम्पनीले दिँदै आएको छ । नेपालमा उत्पादित सो टायरका मोडल विदेशी टायरको तुलनामा आकर्षक, गुणस्तरीय, सस्तो र भरपर्दो छ ।

सो कम्पनीले शेर्पा ब्राण्डका टायर सजिले ग्राहक तथा कृषकमाझ पुर्याउन नेपालभरी डिलरशिपको आवेदन दिन आह्वानसमेत गरेको छ । कम्पनीका सबै टायरमा म्यानुफ्याक्चरिङ वारेन्टी रहेको र सबै टायर अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ) मापदण्डअनुसार उत्पादन गरिएको कम्पनीले जनाएको छ । 

ट्याक्टरमा लाग्ने सम्पूर्ण साइजका टायर सो कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तीन महिनाभित्रमा ट्रलीमा लाग्ने टायर पनि बजारमा ल्याउने तयाी गरिएको सञ्चालक विनित सिंघानियाले जानकारी दिए । 



उनले आगामी दिनमा कमर्शियल हेभी इक्यूप्मेन्ट ट्रक टायरलगायत विभिन्न प्रकारका टायर उत्पादन गर्ने कम्पनीको योजना रहेको बताए । 

नेपालमा टायर उत्पादनको राम्रो सम्भावना र भविष्य पनि सुन्दर रहेकाले कम्पनीले भविष्यमा लगानी बढाउने योजना समेत रहेको जानकारी दिएको छ । २०७३ सालमा स्थापित ग्रीन टायर्स उद्योग प्रालिले विगत ६ वर्षदेखि स्वदेशमै टायर उत्पादन गरि विदेशी परनिर्भरता निरुत्साहित गर्दै आएको छ । 



‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सो उद्योगले पूर्णरुपमा आमसाथ गर्दै आएको छ । स्थापना कालमा टु ह्वीलर टायर उत्पादन सुरु गरेको सो उद्योगले हाल टु र थ्री ह्वील टायर उत्पादन गर्दै आएको छ । 

४० करोड रुपैयाँको लगानीमा सञ्चालित सो उद्योगले एक सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल सो उद्योगको उत्पादन क्षमता वार्षिक तीन लाख टायर रहेको छ । 

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २०:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया