सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका यी आधारबारे छलफल

सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुका बीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो । 

गत प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चिततालगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ ।

आज छलफल भएका आधारहरुका बारेमा आ(आफ्नो दलमा छलफल गरेर पुनस् बैठक बस्ने सहमति भएको उनको भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ । 

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् । 



यसैगरी, नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।



  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २१:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया