सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १२:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया