कांग्रेसकाे आराेप– सरकार हिटलरकाे शैलीमा

काठमाडौं– सरकार हिटलर शैलिमा प्रस्तुत भएको आरोप नेपाली काङ्ग्रेसले लगाएकाे छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले हुकुमी रवैया देखाएको आरोप लगाएको हो ।

सरकारले संसदमा जर्बजस्ती चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै यस्तो आरोप लागेकाे हाे । कांग्रेसको विरोधका वावजुद सरकारले आज संसदमा विवादित चिकित्सा शिक्षा विधेयक पास गरेको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुखले पनि लोकतान्त्रीक विधि र प्रक्रिया मिचेको आरोप कांग्रेसले लगाएको छ ।

सभामुखले जालझेल पूर्ण व्यवहार गरेको आरोप कांग्रेसले लगाएको हाे । सदन र सभामुखलाई सरकारको आदेशपालक बनाईएको भन्दै कांग्रेसले सरकार निषेधको राजनीतिमा लागेको बताएको छ । सभामुख पार्टीको कार्यकर्ताभन्दा माथि उठन् नसकेको बताउँदै कांग्रेसले लोकतान्त्रीक विधि खतरामा परेको बताएको छ ।

 

काङ्ग्रेसले जारी गरेकाे विज्ञप्तिका सात बुँदा:

१.सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई आजको घटनाले खुला उजागर गरेको छ ।



२.विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति उहाँहरुको निष्ठा कायमै रहेको पुष्टि भएको छ ।

३.सिंगो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको छ ।



४.प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न उहाँ लगायत सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको छ ।

५.एकातर्फ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर घोषणापत्रमा लेख्ने अर्कातर्फ आफूसँगको बहुमतलाई निश्चित वर्गको हित पक्षपोषणमा अर्पित गरेर सरकारले आफूलाई मत दिने सामान्य नागरिकको भावनामा स्वयं आफै कुठाराघात गरेको छ ।

६.बहुमतको अर्थ विवेकको निलम्वन निश्चय नै होइन । तर डा. गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दा सम्म संवादको पहल नगरी ‘मरे हुन्छ’ भन्ने निलम्बित विवेकको सन्देश सरकारले प्रवाह गरेको छ ।

७.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्दका लागि खुला आमन्त्रण समेत गरेको छ ।


  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १८:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया