आयरल्याण्डविरूद्धको तेस्रो टी-२० मा  अफगानिस्तान विजयी

घरेलु टोली आयरल्याण्ड विरूद्धको काे  टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले जित हात पारेको छ । उसले गए राति सम्पन्न खेलमा २२ रनकाे जित पारेको हो। 

 १९० रनकाे लक्ष्य पछ्याएकाे आयरल्याण्डले २० ओभर  नै ब्याटिङ  गरे पनि ९ विकेट गुमाएर १६७ रन मात्र  बनाउन सक्याे । आयरल्याण्डका लागि कप्तान जर्ज डकरेलले अविजित ५८ रनकाे अर्धशतकीय पारी खेले । उनले ३७ बलका ६ चाैका र दुई  छक्का प्रहार गरे । फिओन ह्यान्डले ३६, लाेर्कन टकरले ३१ र ग्यारेथ डेनालीले १६ रन जाेडे ।

अफगानिस्तानका लागि नवीन उल हकले तीन, फजलहक फारूकी र मुजिब उर रहमानले दुई / दुई  तथा कप्तान महम्मद नबीले एक विकेट लिए । त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा  पाँच विकेट गुमाउँदै १८९ रन बनाएकाे थियाे ।

पाहुना टाेलीका लागि रहमनुल्लाह गुर्बाजले ५३ रनकाे अर्धशतकीय पारी खेले । ३५ बलकाे सामना गरेका उनले आठ चाैका र एक छक्का प्रहार गरे । नजिबुल्हाह जाद्रनले ४२, हजरतुल्लाह जाजाईले ३९ र इब्राहिम जाद्रनले ३६ रन जाेडे ।

आयरल्याण्डका लागि जाेस लिटिलले दुई तथा मार्क आदिरले र फिओन ह्यान्डले एक/एक विकेट हात पारे  अफगानिस्तानकाे याे जितसँगै पाँच  खेलकाे सिरिज २-१  काे अवस्थामा पुगेकाे  छ। चाैथाे खेल साेमबार आज हुनेछ । यसअघि आयरल्याण्डले सात र पाँच विकेटकाे जित निकालेकाे थियाे ।  





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ७:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया