न्युजिल्याण्डलाई एक खेल अगावै टी-२० सिरिज

घरेलु टोली वेस्ट इण्डिज विरूद्धकाे  टी-२० सिरज अन्तर्गत दोस्रो खेलमा पनि  न्युजिल्याण्ड विजयी भएको छ । उ आज सम्पन्न खेलमा ९० रनले विजयी भएको हो ।

यो जितसँगै न्युजिल्याण्डले सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा उ १३ रनले विजयी भएको थियो । २१६ रनकाे लक्ष्य पछ्याएकाे वेस्ट  इण्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओबेड म्याकाेयले अविजित रहँदै सर्वाधिक २३ रनकाे याेगदान दिए ।  राेभमन पावेलले २१, राेमारियाे सेफर्डले १८, सिम्रोन हिट्मायरले १४ र जेसन हाेल्डरले ११ रन जाेडे ।

न्युजिल्याण्डका लागि मिचेल सान्टनर, माइकल ब्रेसवेलले  तीन/ तीन  तथा ईश साेधी र टिम साउदीले १/१ विकेट लिए । त्यसअघि जमैकाकाे किंग्सटनस्थित सविना पार्कमा टस जितेर ब्याटिङ राेजेकाे न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१५ रन बनाएकाे थियो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ७६ रनकाे उत्कृष्ट पारी खेले । उनले ४१ बलमा ६ छक्का र चार चाैका प्रहार गरे । डेरिल मिचेलले ४८, डिभाेन काेन्वेले ४२ र मार्टिन गप्टिलले २० रन जाेडे ।

वेस्ट इण्डिजका लागि ओबेड म्याकाेयले तीन तथा ओडियन स्मिथ र राेमारियाे सेफर्डले एक/एक विकेट हात पारे । यो जितसँगै न्युजिल्याण्डले तीन खेलकाे सिरिजमा २-० काे अग्रता लिएकाे छ। तेस्रो तथा अन्तिम खेल  साेमबार हुनेछ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ८:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया