ला लिगामा ओसासुनाको विजयी सुरुवात

स्पेनिस ला लिगामा ओसासुनाले विजयी सुरुवात गरेको छ ।  घरेलु टाेली ओसासुनाले गए राति भएको उद्घाटन खेलमा सेभियालाई २-१ ले हराउँदै  विजयी सुरूवात गरेको हो ।

एल सदर स्टेडियममा खेलको नवौं मिनेटमा इजिक्वेइल अभिलाले गोल गर्दै ओसासुनालाई सुरूवाती अग्रता दिलाएका थिए । घरेलु टाेलीकाे त्याे अग्रता लामाे समयसम्म टिक्न भने सकेन । ११ औं मिनेटमा राफा मिरले सेभियालाई १-१ को बराबरीमा ल्याए ।

७४ औं मिनेटमा इमर ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए । याे जितसँगै ओसासुनाले तीन अंक जाेड्दा सेभियाले हारबाट सिजनको सुरूवात गरेको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ८:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया