क्रिकेट प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले  पदबाट राजीनामा दिएका थिए । भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।  नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । 

जसका लागि खेलाडी छनोट समेत भइसकेको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन् । यस्तै, विनोद भण्डारीसमेत बाहिर छन् ।

प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १०:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया