ला लिगामा दर्ता भए बार्सिलोनाका चार नयाँ खेलाडी

बार्सिलोनाका चार जना नयाँ खेलाडी स्पेनिस ला लिगा फुटबलमा दर्ता भएका छन् । ला लिगाले बार्सिलोनाका चार नयाँ खेलाडी दर्ता भएको र उनीहरु लिग खेल्न योग्य रहेको जनाएको हो । 

बार्सिलोनाले हालै अनुबन्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन दर्ता भएका हुन्। दर्ता भएसँगै चारै खेलाडीले लिग खेल्न पाउने छन् ।

बार्सिलोनाले शनिबार रायो भ्यालेकानोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरुवात गर्नेछ । क्लबले अनुबन्ध गरेको जुल्स कुन्डे भने दर्ता भएका छैनन् । फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले यस अघि खेलाडी दर्ता गर्न सकेको थिएन ।  

गम्भीर आर्थिक समस्याको बाबजुत बार्सिलोनाले पाँच खेलाडी अनुबन्ध गरेको थियो । आर्थिक समस्या हुँदा समेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गरेको थियो। 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १०:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया