बोगटीलाई सम्झिँदै प्रचण्डले भने : धेरै पढे-लेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।

कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । 

उनले माओवादी नेता-कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक त ।’ 

विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनले बताए । यसलाई जोगाउन उनले आग्रह गरे । 

साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’



उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’

उनले कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए । उनले भने, ‘अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ ।’ 



स्व. बोगटीको आवरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अद्भुत क्षमता उनका थियो ।’ 

पार्टीभित्रका डाक्टर र वैद्यहरूलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनको भनाइ छ । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनले बताए । 

  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १४:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया