जनतामा माओवादी केन्द्रप्रतिको भरोसा टुटेको छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा माओवादी नेतृत्वप्रतिको भरोसा नटुटेको बताएका छन् ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति आस्था र विश्वास रहेको बताएका हुन् । 

नेताहरूको एउटा पंक्तिमा नीति, नेतृत्व, विचार र व्यवहारप्रतिको विश्वास धर्मराएको भन्दै अध्यक्ष दाहालले नेता एकढिक्का भएर गएको अवस्थामा अहिले पनि जुरुक्कै उठ्ने अवस्थामा रहेको बताए । अहिले आफ्नो सबैभन्दा ठूलो चुनौती नेताहरूलाई मिलाएर लैजान भएको उनको भनाइ छ । नेताहरूमा मात्र मिलाएर एकढिक्का भएर लगेको अवस्थामा जनतामा दुःख गर्नुनपर्ने अध्यक्ष दाहालले जानकारी दिए ।

‘अन्य पार्टीका हजारौं बुद्धिजिवी, नेता तथा कार्यकर्ताहरु माओवादी प्रवेश गरिरहेका छन्,’ तराईको सन्दर्भ कोट्याउँदै उनले भने, ‘तर, हाम्रै पार्टीका नेताहरू एकले अर्काको खुट्टा तानातान गरिरहेका छन्, नेताहरूकै लागि छानबिन समिति बनाउनुपर्ने अवस्था आएको छ ।’ 

अध्यक्ष दाहालले अहिलेको सन्दर्भमा पोस्टबहादुर बोगटीजस्तो विचार र व्यवहार दुवैमा निष्ठावान, इमान्दार, सरल, मिलनसार हुन आवश्यक रहेको बताए ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १६:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया