पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ३ सय ९९ जनाको पिसिआर र १ हजार ७ सय ६६ जनाको एन्टिजेन गरि ३ हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित छन् । यस्तै, ५०१ जना भने उपचारपछि डिस्चार्ज भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।